खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ

काठमाडौँः जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह छन्। उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए।

आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए।

