कैलालीमा आगोले जलेर एक महिला घाइते

२०८२ जेठ २४, ०५:५८
धनगढीः कैलालीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।
जिल्लाको गेदावरी नगरपालिका–३ मालाखेति स्थित ६३ वर्षीया चन्द्रादेवी भट्ट घाइते भएकी हुन्।

फोहर जलाउने क्रममा आगोको झिल्का शरीरमा परि उनी घाइते भएको प्रहरीले जनाएको छ। घाइते भट्टको सेती अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।


कमेन्ट लोड गर्नुस