सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीले कृषि फार्म बगायो, ७० लाख बराबरको क्षति

। फोटो स्रोत ।
२०७६ साउन १, ०२:४५

गोरखामा रहेको एक कृषि फार्ममा बाढीका कारण करिब ७० लाख बराबरको क्षति भएको छ। सोमबार राति पसेको बाढीले जिल्लाको पालुङटार नगरपालिका–१ साउतेमा रहेको एकीकृत अन्नपूर्ण कृषि फार्ममो रु ७० लाख बराबरको क्षति भएको हो। भुसुण्डी खोलाबाट आएको बाढी कृषि फार्ममा पसेपछि तीन वटा माछापोखरी रहेका माछा र १२ हजार बयस्क माछा बगाएको सञ्चालक इमबहादुर घिमिरेले जानकारी दिए।   

फार्ममा रहेका पाँच माछापोखरीमध्ये तीन वटामा पूर्णरुपमा क्षति पुगेको छ भने फार्ममा पालिएका हाँस, कुखुरा र बङ्गुरसमेत बाढीले बगाएको सञ्चालक घिमिरेले बताए। उनले भने,  “दुई वटा माछापोखरी भने पुनः सञ्चालन गर्नसक्ने अवस्थामा छन्, बाँकी तीन पोखरी थियो कि थिएन भन्ने जस्तै गरी बाढीले भत्काइदिएको छ।”

रातिनै बाढी फार्ममा पसेर सबै बगाएर लगेको भए पनि मंलबार बिहान मात्र बाढी पसेको थाहा पाएकोे उनले बताए। उनले भने, “बिहान फार्ममा पुग्दा १० बङ्गुर, १२० लोकल कुखुरा र ७५ वटा हाँस पनि बगाएर लगेको रहेछ।” गत माघमा पाँच पोखरीमा कूल ४७ हजार माछाका भुरा हालेको उनले बताए। बजारमा बिक्रीका लागि तयारी अवस्थामा रहेका माछा बाढीले बगाएपछि फार्म सञ्चालक मर्कामा परेका छन्। फार्मभित्र रहेका बङ्गुर, कुखुरा र हाँसको खोरलाई समेत बाढीले क्षति पु¥याएको छ। रासस

कमेन्ट लोड गर्नुस