सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु पक्राउ

२०८२ जेठ १८, ०७:०४ खबर संवाददाता

बाजुराः बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु रोकाया पक्राउ परेकी छिन्।

जिल्ला अदालत बाजुराको फैसलाले बहु–बिबाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकी बाजुराको गौमुल गाउँपालिका१ अमलेस बस्ने २७ वर्षकी मन्जु रोकाया पक्राउ परेकी हुन्। रोकायालाई इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस