सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झण्डै तीन अर्व विकास बजेट फ्रिज

२०७६ असार ३१, ०६:३९ नवराज पनेरु

कैलालीमा चालु आर्थिक बर्षमा संघीय सरकारले पठाएको झण्डै तीन अर्व विकास बजेट फ्रिज जाने भएको छ। पुँजिगत आर्थत विकास बजेट सात अर्व ७३ करोड तीन लाख रहेकोमा त्यस्को ६१ प्रतिशत अर्थात चार अर्व ७३ करोड ९१ लाख मात्रै खर्च भएको छ। झण्डै तीन अर्व विकास बजेट खर्च नभएर फ्रिज जाने भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ। साँझ साढे ५ बजे सम्म ६१ प्रतिशत मात्रै विकास बजेट खर्च भएको बताउँदै कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका सुचना अधिकार मदन पाण्डेयले अव बजेट खर्च प्रतिशत बढ्ने सम्भावना धेरै कम रहेको बताए। उनले कुल बजेट अझै बढ्न सक्ने भएकाले खर्च प्रतिशत घट्न सक्ने बताए। उनले चालु तर्फको बजेट भने ९३ प्रतिशत खर्च भईसकेको बताए। 

यो बर्ष राष्ट्रिय गौरवको रानीजमरा कुलरीया सिँचाई आयोजनाको मात्रै दुई अर्व बढि विकास बजेट फ्रिज जाने भएको छ। आयोजनाका लागि आएको झण्डै सवा तीन अर्व बजेटमा त्यस्को ३१ प्रतिशत अर्थात एक अर्व मात्रै बजेट खर्च भएको छ। कैलाली जिल्लामा सबैभन्दा बढि विकास बजेट भएको आयोजना नै रानीजमरा हो। त्यसपछि संघीय आयोजना कार्यान्वयन ईकाइको बजेट बढि रहेकोमा कार्यालयको यस बर्षको प्रगती भने राम्रै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। 

कोष तथा लेखा नियन्त्रण कार्यालयले कैलालीमा विकास बजेट ६१ प्रतिशत मात्रै खर्च भएपछि यस्लाई धेरै निराशाजनक भनेको छ। दशौ बर्ष अगाडीको तथ्याङक हेर्दा पनि चालु बर्षको बजेट खर्च सबैभन्दा निराशजनक रहेको हो। कैलाली जिल्लामा पछिल्ला ५ बर्षको तथ्याङक हेर्दा औसतमा ८० प्रतिशत भन्दा बढि विकास बजेट खर्च भएको छ। विकास बजेटको ठूूलो हिस्सा फिर्ता जाने भएपछि कैलालीमा निर्माणाधिन अवस्थामा रहेका आयोजना प्रगती सन्तोषजनक नभएको पनि पुष्टि भएको छ। सरकारले बजेट खर्चमा सुधार ल्याउनका लागि जेठ १५ मै बजेट ल्याउने र छिट्टै अख्तियारी दिने व्यवस्था गरेपनि खर्च प्रतिशत भने सुधार हुन नसकेको हो। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस