सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बयलपाटा अस्पताललाइ प्रदेश सरकारले ५० शय्यामा सञ्चालन गर्ने

२०८२ जेठ १६, ०७:२८ खबर संवाददाता

अछाम : अछामको बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश अन्र्तगतको बयलपाटालाई ५० शय्याको अस्पतालका रूपमा सञ्चालनगर्ने भएको हो।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले बयालपाटा अस्पताललाई प्रदेश सरकारले आफै सञ्चालन र व्यवस्थापनगर्ने बताएका छन।

प्रदेश प्रमुख मियाँले कानुनी प्रक्रिया पुरा गरि अस्पतालको स्वामित्व प्रदेश सरकारले लिने र प्रदेश स्तरको अस्पतालको रूपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाईने बताएका छन्। न्याय हेल्थ नेपालले बयलपाटा अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्दै आईरहेको थियो। गत माघ महिनामा न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापनका लागि २ वटा विकल्प राख्दैँ प्रदेश सरकारलाई पत्र लेखेको थियो।

न्याय हेल्थ नेपालले दिएको दुई वटा विकल्प मध्ये पहिलो विकल्प न्याय हेल्थ नेपालकै व्यवस्थापनमा प्रदेश सरकारले ५० प्रतिशत आर्थिक अनुदान निर्शत सहितको लागत साझेदारीमा कानुनी आधार नभएको भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दोस्रो विकल्पमा गएको हो। न्याय हेल्थ नेपालले दिएको दोस्रो विकल्प बयालपाटा अस्पताल सञ्चालनको हालकै मोडेलमा (एकीकृत स्वास्थ्य सेवा प्रणाली) प्रदेश सरकारले नै सञ्चालन र व्यवस्थापनगर्ने रहेको थियो।

उक्त दोस्रो विकल्प अनुसार प्रदेश सरकारको मुख्यमन्त्री स्तरीय बैठकबाट सामाजिक विकास मन्त्री मेघराज खड्को संयोजकत्वमा निर्देशक समिति र प्राध्यापक डाक्टर चेतराज पन्तको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको थियो। कार्यकारी समितिले समेत न्याय हेल्थ नेपालले सञ्चालन गरेका कार्यक्रम बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रमको स्थलगत अनुगमन निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आगामी दिनमा समेत हालकै मोडेलमा सञ्चालन गर्नु पर्ने सिफारिस गरेको थियो। सोही सिफारिसको आधार तथा सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट समेत बयालपाटा अस्पतालको स्वामित्व ग्रहण गर्नक विभिन्न बुदासहितको प्रस्ताव प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकमा पेश गरेको थियो।

प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि सामाजिक विकास मन्त्रालयले अस्पतालको स्वामित्व ग्रहण गर्ने प्रक्रिया सुरु गरिएको थियो। मन्त्रीपरिषद्बाट प्रस्ताव स्वीकृत भएपछि शुक्रवार सार्वजनिक भएको नीति तथा कार्यक्रममै बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापन प्रदेश सरकारले गर्ने बुदा समेटिएको हो। अस्पतालको स्वामित्व ग्रहण गर्न पहिलो चरणमा लगत्तै न्याय हेल्थनेपालसंग ग्रहण हस्तान्तरणका लागि सम्झौता गरिने मन्त्री मेघराज खड्काले बताए। दोस्रो चरणमा बयालपाटा अस्पतालको ओएनएम गरी प्रदेश सरकार ऐन नियम अनुसार ५० शय्याको अस्पतालको सरकारी दरबन्दी अनुसार हाल कार्यरत कर्मचारीलाई नियुक्त, व्यवस्थापन लगायतका काम सुरु हुने उनले बताए।

यी सबै प्रक्रिया पुरा भएपछि हाललाई बयालपाटा अस्पताल सञ्चालन व्यवस्थापनको लागि प्रदेश सरकारबाट गठन आदेश जारी गरि अस्पताल नियमित सञ्चालन गरिने र न्याय हेल्थ नेपालसँग सहकार्य र प्राविधिक सहयोगका लागि अनुरोध गर्ने मन्त्री खड्काले बताए। बिगत १६ वर्षदेखि बयालपाटा अस्पताल सुरुमा सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र २०७४ पश्चात् सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा न्याय हेल्थ नेपालले सञ्चालन व्यवस्थापन गर्दै आईरहेको छ।

बयालपाटा अस्पतालमा स्थापनाकालदेखि नै सबै सेवा निःशुल्क रूपमा प्रदान हुदैँ आईरहेका छन्।

 

कमेन्ट लोड गर्नुस