सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक जना ६ महिनादेखि भारतमा बेपत्ता

२०८२ जेठ १६, ०९:५७ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीका एक जना ६ महिनादेखि भारतमा बेपत्ता भएका छन्।

धनगढी उपमहानगरपालिका–१५ कनरीका अमित चौधरी ४१ वर्षीय अमित चौधरी ६ महिनादेखि भारतमा बेपत्ता भएका हुन्।

धनगढीबाट भारतको बेग्लोर जाने क्रममा उनी कर्नाटक क्षेत्रबाट बेपत्ता भएका परिवारका सदस्यले बताएका छन्। धनगढीबाट ६ जनाको समूहमा गएका चौधरी मात्र बाटोबाटै बेपत्ता भएका हुन्। उनी २०८१ मङ्सिर १३ गतेबाट बेपत्ता भएका छन्। उनलाई फेला पार्नेले +९७७–९७०–७७१७७६५मा सम्पर्क गर्न परिवारका सदस्यले आग्रह गरेका छन्।

 

कमेन्ट लोड गर्नुस