सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजपुर स्पोट्र्स क्लबले पेनाल्टी सुटआउट प्रतियोगिता गर्दै

२०८२ जेठ १२, ०५:४६ खबर संवाददाता

धनगढी : गणतन्त्र दिवसको अवसरमा राजपुर स्पोट्र्स क्लबले पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता २०८२ साल जेठ १५ गते साँझ ‘खेलकुदमार्फत लागूऔषध मुक्त समाज निर्माण गरौँ, तपाईँको साथमा’ भन्ने नारासहित खुला नाइट पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गरिने भएको हो। जनता विद्यालयको खेलमैदान कैलाली गाउँमा प्रतियोगिता हुँदैछ। टिम दर्ता शुल्क तीन हजार पाँच सय तोकिएको छ। विजेता टिमले ५१ हजार नगद पुरस्कार पाउनेछ। उपविजेताले २५ हजार पुरस्कार हात पार्नेछ।

राजपुर स्पोट्र्स क्लबका अध्यक्ष दिपक कप्डेलले यस्तो प्रकारका प्रतियोगिताहरूले युवाहरूमा खेलप्रति दृढ प्रतिबद्धता विकास गर्नुका साथै उनीहरूलाई नराम्रा लत तथा दुव्र्यसनहरूबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रम व्यवस्थापन समितिका संयोजक शंकर गिरी र निराजन बिष्टका अनुसार प्रतियोगिताका लागि आवश्यक तयारीहरू लगभग पूरा भइसकेका छन्। हालसम्म १५ टिमले आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरिसकेका छन्।

राजपुर स्पोट्र्स क्लबले सम्पूर्ण खेलप्रेमीहरू र स्थानीय जनसमुदायलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाई खेलकुद र स्वस्थ समाज निर्माणमा सहयोग पु¥याउन आग्रह गरेको छ। प्रतियोगिता सबैका लागि खुला रहेकोले जिल्लाका विभिन्न स्थानबाट टिमहरूको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ।

 

कमेन्ट लोड गर्नुस