बझाङमा छतबाट लडेर एक जना घाइते

२०८२ जेठ १०, ०१:२५
बझाङः बझाङमा घरको छतबाट लडेर एक जना घाइते भएका छन्। घाइते हुनेमा छबिसपाथिभेरा गाउपालिका-५ थलारा बस्ने ४५ वर्षीय बिस्ने धामी रहेका छन्।
धामी आफ्नै गाउँमा हिक्कमत जाग्रीको घरको छतमा पात्थर लगाउने क्रममा आज बिहान ७ बजे छतबाट लडेर घाईते भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ। घाईते धामीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी रिफर गरेको अस्पतालले जनाएको छ।


कमेन्ट लोड गर्नुस