सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा र डोटीमा फलफूलका बिरुवा वितरण

२०७६ असार ३०, ०५:३६

कृषि ज्ञान केन्द्र डडेल्धुराले बगैँचा विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ। केन्द्रको कार्यक्षेत्र डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा विभिन्न जातका फलफूलका १५ हजार बिरुवा वितरण गरिएको छ। दुईवटै जिल्लाका विभिन्न स्थानमा हावापानी सुहाउँदो मागअनुसारका अमीलो जातका साथै आँप, लिची, अनारलगायतका बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दीलबहादुर विष्टले बताए।

सरकारको फलफूल रोपन वर्षलाई सहयोग पुग्ने गरी किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा दिन थालिएको केन्द्रले जनाएको छ। अनुदानमा फलफूलका बिरुवा पाउन थालेपछि किसान पनि खुशी भएका छन्। मौसमअनुसारका फलफूलका बिरुवा सुपथरुपमा पाउने थालेपछि बिरुवा लगाउन कृषक उत्साहित बनेका डडेल्धुरा भागेश्वरका कृषक अर्जुन जोशीले बताए।

किसानलाई फलफूलका बिरुवा लगाउन प्राविधिक सहयोगसमेत ज्ञान केन्द्र डडेल्धुराले दिइरहेको वरिष्ठ कृषि अधिकृत विष्टको भनाइ थियो। रासस

कमेन्ट लोड गर्नुस