सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्धार र राहतमा जुट्न कांग्रेसद्धारा केन्द्रय बैठक स्थगित

। फोटो स्रोत ।
२०७६ असार ३०, ०१:५५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविरल वर्षापछिको बाढीपहिरोमा परेकाहरूको उद्धार र राहत कार्यमा जुट्न केन्द्रीय समिति बैठक स्थगित गरेको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार केही दिनदेखि अविरल वर्षा र पहिरोले जनधनको क्षति भइरहेको भन्दै कांग्रेसले उद्धार र राहत कार्यमा समर्पित हुने निर्णय गरेको हो। कांग्रेसले आफ्ना नेता र कार्यकर्तालाई बाढीपहिरो पीडितको सहयोगमा जुट्न निर्देशन दिएको उनले बताए। कांग्रेसको  केन्द्रीय समिति बैठक साउन ७ गते ११ बजे पुन: बस्नेछ।

कमेन्ट लोड गर्नुस