सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अटाको ठक्करबाट बालकको मृत्यु

२०८२ वैशाख २६, ०५:५६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो। बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो। विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अटोरिक्साका चालक भने फरार छन्। 
 

कमेन्ट लोड गर्नुस