सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली आशाराम हेटौँडाबाट सम्पर्क विहीन

२०८२ वैशाख २१, ०१:२० खबर संवाददाता

धनगढी: कैलालीका आशाराम चौधरी हेटौडाबाट सम्पर्क विहीन भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका– ७ हरैयाका चौधरी हेटौँडाबाट सम्पर्क विहीन भएका हुन्।

कामको सिलसिलामा हेटौँडा पुगेका ५० वर्षीय चौधरी हेटौँडाको गुम्बा चोकबाटै सम्पर्क विहीन भएका हुन्। वैशाख १५ गते अत्तरियादेखि हेटौँडा ठेकेदार नाजीम शाहसँग कम्पनीको कामको सिलसिलामा गएका उनी हेटौँडा पुगेको अर्को दिन सम्पर्क विहीन भएको ठेकेदार नाजीम शाहले बताएका छन्।

अत्तरियाबाट टिनको कुप्पी बनाउने कामको लागि चौधरीसँगै थप २ जनालाई हेटौँडा गएका थिए। हेटौँडा पुगेका चौधरी अर्को दिन बिहान ५ सय रुपैयाँ मागेर बजार तर्फ निस्केका थिए। त्यसपछि चौधरी कोठामा नफर्किएका हुन्। ठेकेदार लगायत उनीसँग गएका टोलीले खोजी क्रम जारी गरेको र प्रहरी कार्यालयमा निवेदन समेत दिइएकोे छ। चौधरीलाई भेट्नेलाई ९८२८३५०८३६ र ९८२४६०७२७४ सम्पर्क मा सम्पर्क गरेर सहयोग गर्न भनिएको छ।

 

कमेन्ट लोड गर्नुस