एसईई आइडल सिजन ४ को सेमिफाइनल सम्पन्न

धनगढीः सुदूरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटी शो ‘एसईई आइडल सिजन ४’ को सेमिफाइनल चरण शनिवार धनगढीमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टी.एन. जोशीले गरे। एसईई परीक्षामा सहभागी विद्यार्थीको कला उजागर गर्ने उद्देश्यले विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता दुई विधा—गायन र नृत्यमा सञ्चालन भइरहेको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयमा अडिसन लिएर छनोट गरिएका प्रतिभाशाली विद्यार्थीहरूबीच सेमिफाइनल प्रतिस्पर्धा भएको हो। दुबै विधाबाट उत्कृष्ट प्रदर्शन गरेका १५–१५ जना गरी कुल ३० प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश दिइएको छ। सेमिफाइनलको नतिजा जेठ १ गते सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन्।

सेमिफाइनल चरणमा फिजिकल भोटिङ प्रणालीसमेत लागू गरिएको थियो। त्यस्तै, एसईई तथा कक्षा १२ का परीक्षार्थीहरूले नमस्ते सिम निःशुल्क प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य प्रायोजकमा वाईवाई चाउचाउ, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, रेडिकल, र नेपाल टेलिकम रहेका छन्। साथै, विभिन्न सञ्चार माध्यम र अन्य संस्थाहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ।