सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गर्भाका १८ किसानलाई मिनी टिलर हस्तान्तरण

२०८२ वैशाख २०, १०:२४ खबर संवाददाता

धनगढी: कैलालीको चुरे गाउँपालिका–४ गर्भाका १८ जना किसानलाई मिनी टिलर हस्तान्तरण गरिएको छ।

कृषि ज्ञान केन्द्र कैलालीले ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो।

कृषि ज्ञान केन्द्र कैलालीले शुक्रवार गर्भाका किसानहरूलाई मिनी टिलर हस्तान्तरण गरेको बताएको छ। ७० हजार मूल्य पर्ने मिनी टिलरको कृषि ज्ञान केन्द्रले ३५ हजार अनुदान दिएको छ। कृषि ज्ञान केन्द्र कैलालीको मागमा आधारित कार्यक्रम मार्फत उनीहरूलाई मिनी टिलर वितरण गरिएको हो। वडा सदस्य टेकबहादुर साउँदले कृषि ज्ञान केन्द्रमार्फत १८ वटा मिनी टिलर वितरण गरिएको बताए। चुरेमा उत्दापन हुने सुन्तला, मौसमी, अमिलो तथा केराखेती गर्न सहज हुने उनले बताए।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी दुर्गा ओझाले किसानहरूलाई मिनी टिलर चलाउने तरिका तथा स्याहारको विषयमा जानकारी दिएका छन्। किसान नारायण योगीले धेरै सरकारी निकायहरूमा जाँदा पनि मिनी टिलर नपाएको बताए। कृषि ज्ञान केन्द्र, कैलालीले १८ वटा मिनी टिलर हाल अनुदानमा वितरण गरेकोमा फेरि थप गर्नुपर्ने उनको माग छ।

 

कमेन्ट लोड गर्नुस