सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानी–धुलिकोट ‘पदयात्रा प्रतियोगिता’ सम्पन्न

२०८२ वैशाख १९, ०९:२१

धनगढी : कैलालीको चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगिता गरिएको छ। नवलसिंह रावल फाउण्डेसनले प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए। चिसापानीदेखि धुलिकोटसम्मको ७ किलोमिटर पदयात्रा प्रतियोगितामा पुरुष तर्फ महोन्याल गाउँपालिका–५ का वडा सदस्य दिनेश बहादुर सार्की प्रथम भएका छन्। उनदे एक लाख रुपैयाँ पुरस्कार पाएका छन्। अछामको ढकारी गाउँपालिका–६ का सदस्य नवराज नेपाली दोस्रो भएका छन्। उनले ५० हजार पुरस्कार पाएकाम छन। अछामकै रामारोशन गाउँपालिकाका–५ का सदस्य दल बहादुर रोकाया तेस्रो भएका छन्। उनले २५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

महिला तर्फ मोहन्याल गाउँपालिका–३ की वडा सदस्य नानी दमाईँ प्रथम भएकी छन्। उनले एक लाख रुपैयाँ पुरस्कार पाएकी छन्। लम्की चुहा नगरपालिका–८ की वडा सदस्य दुर्गादेवी जोशी दोस्रो भएकी छन्। उनले ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन्। लम्किचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही तेस्रो भएकी छन्। उनले २५ हजार रुपैयाँ पुरस्कार पाएकी छन।

कैलालीको महोन्याल गाउँपालिकास्थित राजकाँडाले पछिल्लो समय पर्यटकलाई तानिरहेको छ। राजकाँडा बिहानी पखको सूर्योदय हेर्नका लागि निकै मनमोहक मानिन्छ। मालिका मन्दिर, धुलिकोट दरबार त्यस क्षेत्रको ऐतिहासिक धरोहर हुन। राजकाँडाबाट हेर्दा कर्णाली नदीका फाट पनि निकै सुन्दर र मनमोहक देखिन्छ। ती पर्यटकीय क्षेत्रको संरक्षण सम्बद्धन र प्रवर्धनका लागि बिहिवार चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगिताको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले बताए।

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने लम्किचुहा नगरपालिका–३ स्थित चिसापानीबाट पदयात्रा सुरु भई मोहन्याल गाउँपालिकाको धुलिकोटमा पुगी सम्पन्न गरिएको उनले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले पर्यटन प्रवर्धनका लागि गरिएको पदयात्रा ऐतिहासिक रहेको बताए। पदयात्रा प्रतियोगिताले सरकारी क्षेत्र, निजी क्षेत्र र स्थानीयहरू मिलेर पर्यटन विकासमा अगाडि बढेको सन्देश दिएको उनले बताएका छन्। पाण्डेले भने, ‘पर्यटन प्रवर्धनका लागि निजी लगानी आवश्यक छ। निजी क्षेत्रले पर्यटनका पूर्वाधारहरू बनाउँछ, धेरै मानिसले रोजगारी पाउँछन्, अर्थतन्त्रको चलायमान हुन्छ। यो बाटोमा सुदूरपश्चिम अघि बढेको छ।

चिसापानी–राजकाँडा केवुलकारको पनि शिलान्यास भएको बताउँदै मन्त्री पाण्डेले धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको महोन्याल गाउँपालिकाको राजकाँडास्थित मालिका मन्दिरलाई पनि बडीमालिका मन्दिरसँग जोड्न सकिने बताए। प्रतियोगितामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कैलाली, डोटी, अछाम, बाजुरा, दार्चुला लगायतका जिल्लाका जनप्रतिनिधिको सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस