सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सैपाल ग्याँस प्रालिलाई सम्मान

२०८२ वैशाख १८, ०७:०९ खबर संवाददाता

धनगढी: कैलालीको सैपाल ग्याँस प्रालिलाई सम्मान गरिएको छ।

१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सैपाल ग्याँस प्रालिलाई सम्मान गरिएको हो।

श्रम कानुनको पालना गरि कम्पनीमा आबद्ध सम्पूर्ण श्रमिकको सुरक्षा र मर्यादित कार्यमा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको छ। समग्र समाजमा सकारात्मक सन्देश दिए सङ्गै श्रमिकको उचित व्यवस्थापन गरेको भन्दै उक्त कामको मुल्याँकन गर्दै श्रम तथा रोजगार कार्यालय धनगढी र निड्स नेपालले सयुक्त रुपमा सैपाल ग्याँसलाई सम्मान गरिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सैपाल ग्याँस प्रालिका प्रबन्धक संगम भण्डारीलाई सम्मान गरेका हुन।

 

कमेन्ट लोड गर्नुस