सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

२०८२ वैशाख १७, १०:२८ रासस

अर्घाखाँचीः पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ। 

वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा  ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए। वडाले आफूहरुका लागी तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे। चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो। यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस