सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा परी मलेसियामा कंञ्चनपुरका १ जना सहित दुई जनाको मृत्यु

२०७६ असार २९, ०२:५९

सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुरका एक जना सहित दुईजनाको मृत्यु भएको छ। शुक्रबार  मलेसियाकोे शाहआलम स्थित जलान कोटाकेमुनिङ मार्गमा दुर्घटनामा परि कञ्चनपुरको  शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको हो। डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

यस्तै आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष शिवराज पनेरुले बताए।
 

कमेन्ट लोड गर्नुस