सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

२०८२ वैशाख १०, ०८:३९ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–१ हसुलिया स्थित हुलाकी सडक खण्डमा हिडिरेहेका कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय आशिषकुमार चौधरी र धनगढी उमहानगरपालिका १ शिवमन्दिर बस्ने २७ वर्षीय अजय रसायली पक्राउ परेका छन्। चेकजाच गर्दा आशिषको साथबाट २ ग्राम ६९० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी उक्त पदार्थसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस