सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जलेको अवस्थामा पुरुषको शव फेला

२०८२ वैशाख ९, ०९:१२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको बेलौरी नगरपालिका–१० शिबनगरमा जलेको अवस्थामा मोटरसाइकल र शव फेला परेको हो। तोरीको भुसामा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शवको पहिचान भने खुलेको छैन। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस