सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

२०८२ वैशाख ८, ०७:४६

काठमाडौँ :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिएकी हुन्।

नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ।

उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा गत २०८१ असार ३१ गते नियुक्त भएकी हुन्। 
 

कमेन्ट लोड गर्नुस