कैलालीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते

२०८२ वैशाख ८, ०८:५३
धनगढीः कैलालीमा मोटरसाईकलले ठक्कर दिदा एक बालक घाइते भएका छन्।
टीकापुर नगरपालिका–१ खडकचोकमा २३ वर्षीय प्रविन भाटले चलाएको से ३ प २०३४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा १० वर्षीय जोन तिरूवा घाइते भएको प्रहरीले जनाएको छ। उनको नाक, मुख र बाँया खुट्टामा चोट लागेको छ। चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस