चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ
२०८२ वैशाख ८, ०८:११
धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्दामा एक हजार जरीवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने ५० वर्षका नैन अहमद पक्राउ परेका हुन्। अहमदलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले आइतवार धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस