सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो

२०८२ वैशाख ७, ०२:५९

काठमाडौँः सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ।

आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन्। उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो। ,पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए। राप्रपाले आइतवार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो।

सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदरबारमै साङ्केतिक प्रदर्शन गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस