एमाले कञ्चनपुरकी अध्यक्ष बुढा कारको ठक्करबाट घाइते
धनगढीः नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन्।
बुढा सवार सुदूरपश्चिम प्रदेश ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा शनिवार बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक बिरबहादुर बोहराले बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई सोही दिशातर्फ आइरहेको कारले ठक्कर दिदा घाइते भएको बताए।
बुढाको टाउको र दायाँ हातमा चोट लागेको बताउदै प्रहरी निरीक्षक बोहराले अहिले उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताए। कार र चालक धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक बस्ने ४५ वर्यीय रामिबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।