धनगढीमा ६ सय पाँच ग्राम चरेससहित सूर्यबहादुर पक्राउ
धनगढी: कैलालीको धनगढीमा ६ सय पाँच ग्राम चरेससहित एक जना पक्राउ परेका छन।
जिल्लाको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट चरेससहित ३६ वर्षीय सूर्यबहादुर सुनार पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले शनिवार दिउसो सोही ठाउँका सूर्यबहादुरलाई चरेससहित पक्राउ गरिएको बताएको छ। सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई चरेससहित पक्राउ गरेको हो।
प्रहरीले आवश्यक अनुसन्धान जारी हरेको बताएको छ।