सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पताल बाजुराका प्रमुख धनगढीमा लागुऔषधसहित पक्राउ

२०८२ वैशाख ५, ०५:२७ खबर संवाददाता

धनगढीः गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रवार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लास्टिकसहित १० ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको छ। उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस