सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ४ वर्षीय नातीमाथि बाजेले गरे हँसिया प्रहार

२०८२ वैशाख ५, ०८:१८ खबर संवाददाता

धनगढीः कैलालीमा ४ वर्षीय बालकमाथि हँसिया प्रहार गरिएको छ। घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीय छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कडेलले पराल र भुषा राखेको कोठामा लगेर गर्धनमा हँसिया प्रहार गरेको बताए।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। हँसिया प्रहार गर्ने अर्जुन कडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ।

कमेन्ट लोड गर्नुस