सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागू औषध र वन मुद्दाका फरार प्रतिबादी पक्राउ

२०८२ वैशाख ५, ०७:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागू औषध र वन मुद्दाका फरार २ जना प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध सम्बन्धी मुद्दामा १ वर्ष कैद सजाय तोकेपछि फरार रहेका बेलौरी नगरपालिका–९ बस्ने २५ वर्षीय जिबन भन्ने जयन्त भण्डारी पक्राउ परेका छन्। यस्तै वन सम्बन्धि मुद्दामा १ महिना १ दिन कैद र ४ सय जरिवाना तोकेपछि फरार रहेका बेलडाँडी गाउँपालिका–८ बस्ने ६० वर्षीय टिकाराम चौधरी पक्राउ परेका छन्। चौधरी र भण्डारीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ। 

कमेन्ट लोड गर्नुस