सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषध र बहुबिबाह मुद्दामा फरार ३ जना पक्राउ

२०८२ वैशाख ४, ०७:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध र बहुबिबाह मुद्दामा फरार ३ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरले लागऔषध मुद्दामा ९ महिना १२ दिन कैद सजाय तोकेपछि फरार रहेका बेलौरी नगरपालिका–६ दुम्ली बस्ने ३६ वर्षीय उमेश बिष्ट पक्राउ परेका छन्। बिष्टलाई बुधवार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

लागऔषध मुद्दामै जिल्ला अदालत कञ्चनपुरले ३ महिना कैद सजाय तोकेपछि फरार रहेका कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २० वर्षीय सुवास राना पक्राउ परेका छन्। यसैगरी जिल्ला अदालत कञ्चनपुरले बहुबिबाह मुद्दामा १० हजार जरिवाना तोकको भीमदत्त नगरपालिका–१२ बस्ने ४४ वर्षीय मोहन सिंह बिष्टलाई पक्राउ गरिएको छ। बिष्टलाइ बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अदालतमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस