चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ

२०८२ वैशाख ४, ०७:१६
धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय नैन अहमद पक्राउ परेका छन्। अहमदलाई बुधवार धनगढी उपमहानगरपालिका–१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अदालमा पेश गरेको छ।


कमेन्ट लोड गर्नुस