डोटीमा जिप दुर्घटना

धनगढीः डोटीमा जिप दुर्घटना भएको छ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका–४ रिनकोट स्थित भित्री कच्ची सडक खण्डमा अछामबाट रिनकोट डोटी तर्फ जाँदै गरेको चालक डोटीको जोरायल गाउँपालिका–१ मल्ले बस्ने ३५ वर्षीय कमल बोहराले चलाएको से १ ज २३४४ नम्बरको जिप मङ्गलवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

खुद्रा सामान बोक्दै गरेको जिप अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट करिब ५ मिटर तल डोटीको पुर्विचौकी गाउँपालिका–४ रिनकोट बस्ने अमृता खड्काको एक तले पक्की घरको छतमा पल्टिएको प्रहरीले जनाएको छ। चालकलाइ प्रहरीले नियन्त्रणमा लिइको छ।

