धनगढीमा एक जना शौचालयमा बेहोस अवस्थामा फेला

२०८२ वैशाख २, १०:१७
धनगढीः कैलालीको धनगढीमा एक जना शौचालयमा बेहोस् अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–५ शिवनगरका ४५ वर्षीय राम रावल बेहोस् भेटिएको प्रहरीले जनाएको छ ।
शौचालयमा बेहोस् अवस्थामा भेटिएपछि उनकी श्रीमतीले उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ।

कमेन्ट लोड गर्नुस