नहरमा बेपत्ता बालिकाको शव भेटियो

२०८२ वैशाख २, १०:०५
धनगढी : कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ।
लम्कीचुहा नगरपालिका–३ को बल्चौर सोमवार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता ९ वर्षीय खुसी वादीको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ। वादीको शव विद्युत् इन्टेकमा अड्किएको अवस्थामा भेटिएको छ। उनको शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ।


कमेन्ट लोड गर्नुस