अत्तरियामा भेटिएको शवको पहिचान खुल्यो
धनगढीः कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा भेटिएको शवको पहिचान खुलेको छ।
दुर्गा मन्दिरको पछाडि हत्या गरेको अवस्थामा फेला परेको शव डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन्। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। शव परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ। घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।