सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

२०७६ असार २७, ११:५४ खबर संवाददाता

अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट चार वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको हो। जिल्लाको कमलबजार नगरपालिका ५ मा रहेको मध्यपहाडी लोकमार्गमा ट्रकको ठक्करबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। बर्दिया घर भएका चालक तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस