अछामका अग्निपीडितलाई मङ्गलसेन नगरपालिकाका प्रमुख बोहराले एक महिनाको सेवासुविधा दिने

अछामः मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ।
छिमेकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा बुधवार राति भएको आगलागीबाट आफू स्तब्ध भएको बताउदैै उनले पीडितलाई सहयोग स्वरूप एक महिनाको सेवा सुविधा अग्नीपीडितलाई प्रदान गर्ने घोषणा गर्नुभएको हो।
काम विशेषले जिल्ला बाहिर रहेकाले उद्धार कार्यमा संलग्न हुन नसकेको भन्दै बोहराले सबै क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गर्नुभएको छ।
” बोहराले भन्ने बोहराले सामाजिक सञ्जालमा लेख्दै आगामी दिनमा यस्ता घटनाबाट सबैले सचेत र सजग रहन समेत जरुरी रहेको उल्लेख गर्नुभएको छ। जयगढको मुख्य बजारमा भएको आगलागीमा नियन्त्रणमा लिन सहयोग गर्ने सुरक्षाकर्मीलगायत सबैमा उनले धन्यवाद व्यक्त गरे।

बुधवार बेलुकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा आगलागी हुँदा २७ घरपसल जलेर नष्ट भएको र सात करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। स्थानीय पुष्पराज शर्माको आइएमआई केन्द्रबाट ग्यासबाट आगलागी सुरु भएर बजार र बजार नजिकै रहेको खरबारीमा समेत पसेको थियो। आगलागी भएको पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।