सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हेरोईनसहित एक युवक पक्राउ

२०८१ चैत्र २५, ०७:२१ खबर संवाददाता

धनगढीः धनगढीमा हेरोईनसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका २ को कालिका टोल बस्ने २३ वर्षीय करन महरालाई ५ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले पक्राउ गरेको थियो। महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस