कैलालीका सुखडमा दुर्घटना हुँदा तीन जना घाइते

धनगढी : कैलालीमा सुखडमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–१ भजनी रोडमा शनिवार दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ०१–००१ ह ३१३० नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०८ नम्बरको मोटरसाइकल अपसमा ठोकिएका हुन। भजनी तर्फ जाँदै गरेको ३४ वर्षीय रञ्जित चौधरीले चलाएको अटो र विपरीत दिशाबाट आउदै गरेको ४० वर्षीय यज्ञराज विनाडीले चलाएको मोटरसाइकल आपसमा ठोकिएका हुन्। मोटरसाइकलमा सवारी विनाडीसँग अटोमा सवार १९ वर्षीय सन्दीप साउँद र ४२ वर्षीय सुरेश साउँद पनि घाइते भएका प्रहरीले बताएको छ।


उनीहरूको घोडाघोडी अस्पताल, सुखडमा उपचार हुँदैछ।
