सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का

२०८१ चैत्र २३, ०६:२४ खबर संवाददाता

सुर्खेतः जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर शुक्रवार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ। 

प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिए। त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उनले बताए। 

कमेन्ट लोड गर्नुस