सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक्सिस विद्यालयमा नमुना संसद अभ्यास

२०८१ चैत्र २२, ०४:४२ खबर संवाददाता

धनगढी : एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा एक्सिस नमुना संसद अभ्यास कार्यक्रम, २०८१ सम्पन्न भएको छ।

चैत्र २१ र २२ गते सञ्चालित उक्त कार्यक्रम कक्षा ११ मा कानून संकाय अध्ययनरत विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ।

कानून संकायमा अध्ययन गर्ने कानूनका विद्यार्थीहरू लाई कानुनी शिक्षा, नेपालको संसदीय व्यवस्था, संसदीय अभ्यास, संसदको कार्यविधि एवं कार्यसूची, कानून निर्माणको संसदीय प्रकिर्या, व्यवस्थापिका र कार्यपालिका बिचको अन्तर सम्बन्ध र शक्ति सन्तुलनको सिद्धान्त लगाय अन्य विषय वस्तुमा सैद्धान्तिक तवरले अध्ययन गराइन्छ। ‘सैद्धान्तिक कानूनी शिक्षा लाई व्यवहारिक अभ्यासका साथ व्यवहारिक कानूनी शिक्षा सँग’ जोड्ने मुल उदेश्यका साथ कानूनका विद्यार्थीहरूलाई आफ्नो पाठ्यक्रममा समेत सहयोग पुग्ने गरि नेपालको संसदीय व्यवस्था,संसदीय अभ्यास, संसदको कार्यविधि एवं कार्यसूची, कानून निर्माणको संसदीय प्रकिर्या, व्यवस्थापिका र कार्यपालिका बिचको अन्तर सम्बन्ध र शक्ति सन्तुलनको सिद्धान्त बारे व्यवहारिक ज्ञान प्रदान गर्नका निम्ति कार्यक्रमको आयोजना गरिएको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयकी प्राचार्य अनिता पन्तले बताए।

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पहिलो दिन सैद्धान्तिक तवरले प्रशिक्षण तथा दोस्रो दिन संसदीय प्रणालीको नमुना अभ्यासका निम्ति सत्तापक्ष र प्रतिपक्षमा विभाजन, सत्तापक्षबाट प्रधानमन्त्री,विभिन्न मन्त्रालयसँग सम्बन्धि मन्त्रीहरु, शून्य समय र विशेष समयमा छलफलका साथै छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ सम्बन्धि मन्त्रीहरुले दिनुको साथै सामाजिक सञ्जाल विधेयक–२०८१ दर्ता भइ सैद्धान्तिक छलफल, दफावार छलफल हुँदै पारित सम्मको चरणका अभ्यास गराइएको कार्यक्रमका प्रशिक्षक गणेश खत्रीले बताए।

 

कमेन्ट लोड गर्नुस