सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोका कारण चार परिवार विस्थापित, दर्जनौ परिवार जोखिममा

२०७६ असार २६, ०३:२३ नरेन्द्र कार्की

दार्चुला–महाकाली नगरपालिका ९ दत्तुमा सडक निर्माणको बेला जथाभावी डोजरको प्रयोग हुँदा चार बढि परिवार विस्थापित भएका छन् भने दर्जनौ परिवार जोखिममा परेका छन्। महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा निर्माण गरिएको दत्तु–मालिकार्जुन सडक खण्डका कारण खसेको पहिराले गर्दा दत्तुका चार घर परिवार विस्थापित भएका हुन् भने अझै दुई दर्जन बढि परिवार विस्थापितको खतरामा रहेको वडा नम्बर ९ का वडा अध्यक्ष हरसिह डागाले बताए। पहिरोका कारण विस्थापित हुनेमा वडा नम्बर ९ दत्तुका विशनसिह गोयला, त्रिलोकसिह चैसिर, धनसिह भाट र बिन्दु भाट रहेका छन्। 

स्थानीयका अनुसार पहिरो सडकसम्म पुगेकाले सडक तलका वस्तीहरु जोखिममा छन्। पानी नरोकिएको कारण काम गर्नमा समेत समस्या भएको छ। खोला किनारका वस्तीहरु समेत जोखिममा परेका छन्। उक्त सडक निर्माणको लागि महाकाली नगरपालिकाले ४० लाख, वडा नम्बर ९ दत्तुले ४० लाख तथा सांसद विकास कोषबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।  वाताबरणीय प्रभाव मूल्याङकन बिना सडक निर्माण भइरहेको छ। हालसम्म पाँच किलोमिटर सडक डोजरले खनिएको छ। 

स्थानीय सरकार मात्र नभई प्रदेश सरकार तथा संघीय सरकारबाट विनियोजित बजेटबाट ठेक्का मार्फत् निर्माण गर्न लागिएका सबै सडकहरुले विनास ल्याउने खतरा बढाएको छ। यस्तै मालिकार्जुन गाउँपालिकाको भगवती–थाप्ला–दत्तु सडक निर्माणका कारण स्थानीयहरुको खेतबारीमा क्षति पु¥याएको छ। जथाभाबी डोजर चलाइदाँ विभिन्न स्थानमा पहिरोको जोखिम बढ्नुका साथै बस्तीहरु नै जोखिममा परेको स्थानीय सुन्दरसिह नगारीले बताए। 

जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहहरुले दर्जनौ सडकमा डोजर लगाएर काम गराइरहेका छन्। तर ती सडकहरुमा वातावरणीय प्रभाव मूल्यांकन भने गरेको पाइदैन्। वर्षाले क्षति गर्न थालेपछि त्यस क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए। 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस