सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हरैया शिविरका घर टहरा भत्काएको विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०७६ असार २६, ०३:१६ खबर संवाददाता

कैलालीको हरैया शिविरका घर टहरा भत्काएको विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। घर टहरा हटाउन तत्कालिन माओवादी निकट वाईसियलका युवाहरु परिचालन गरिएपछि विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। गोदावरी नगरपालिका वडा नम्वर ६ मा रहेको खण्डमा राजमार्ग अवरुद्ध पारिएको हो। गयराती देखि भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएका बेला हरैया शिविरमा युवाहरु परिचालन गरेर संचरना भत्काउन लागिएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्। 

हरैयाका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझन्नामा राखिएको थियो। तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही फेरी हरैया फर्किएका थिए भने कतिपय हरैयामै बसिरहेका थिए। ९१ परिवारको बसोवास धुरझन्नामा रहेको छ भने ४८ परिवार हरैयामै बस्दै आएका छन्। हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ। सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो।

जग्गा बिक्रीमा तत्कालिन माओवादीका केही नेताको संलग्नता रहेको आरोप लाग्दै आएको छ। जग्गा बिक्रीपछि ती नेताकै मिलोमतोमा हरैयाबाट हटाउन खोज्दा सुकुम्बासीहरु प्रतिकारमा उत्रेका थिए। २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो। 
 

कमेन्ट लोड गर्नुस