सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ चैत्र १७, १२:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिललाको बेलौरी नगरपालिका– ५ मैनाहबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९ हजार २६४ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको चिनी,सुर्ती, प्लास्टिक झिल्ली, मोटरसाइकल थान–१ लगायतका सामान प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस