सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोईनसहित खडका पक्राउ

२०८१ चैत्र १६, ०३:२९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोईनसहित कृष्ण खडका पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र लागु औषध व्युरो धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरीगंगा नगरपालिका–६ वनवेहडा बस्ने २९ वर्षीय खडकालाई आज पक्राउ गरेको हो।

खडकाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७२ नम्बरको माटरसाईकल चेकजाँच गर्दा खैरो हेरोईन फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस