सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधविरुद्ध जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप

२०८१ चैत्र १६, ०३:१७ खबर संवाददाता

कैलालीः कैलालीको घोडाघोडीमा ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने मूल नाराको प्रथम जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप सुरु भएको छ। 

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर रावतले खेलकुदको माध्यमबाट समाजमा जरो गाड्दै, बढ्दै गएको लागुऔषध दुव्र्यसन न्युनीकरणमा जोड दिएको बताए। परीक्षा दिएर घरमा बसेका विद्यालय तहका भाइबहिनीलाई यो प्रतियोगिताले समय व्यतित गर्न र खेलप्रति जागरुक हुन मद्दत पुग्ने अपेक्षा लिएको छ।

घोडाघोडी नगरपालिका फुटबलमा मात्र नभइ प्रत्येक खेलमा निरन्तर अघि बढिरहेको नगरप्रमुख रावतको भनाइ छ। घोडाघोडी नगरपालिका खेलकुदका क्षेत्रमा उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित हुने अवसर पाएको बताउँदै उनले भने, 'खेलकुदका माध्यमबाट मात्र नभइ नगरपालिका आर्थिक विकासका माध्यमबाट पनि उत्कृष्ट पालिका बन्न सफल भएको छ।'

यस क्षेत्रका युवाहरूलाई खेलका माध्यमबाट अनुशासित मर्यादित नैतिकवान् र विकासशील बनाउनका लागि पहिलो पटक जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप सुरु गरिएको रावतले बताए। घोडाघोडी नगरपालिका –१ को आर्थिक सहयोग र घोडाघोडी क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो। ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने नारासाथ शुक्रवार बाट सुरु भएको प्रतियोगिता २३ गतेसम्म चल्नेछ। प्रतियोगिताबिच महिलाको मैत्रिपूर्ण फुटवल प्रतियोगिता पनि हुनेछ।

प्रतियोगितामा २० वर्ष उमेर समूहका १३ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो स्थान हासिल गर्ने टिमले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने छ।

कमेन्ट लोड गर्नुस