धनगढीको विवेक फिड्स ईन्डष्ट्रिजमा आगलागी

धनगढी: धनगढीको विवेक फिड्स इन्डष्ट्रिजमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–३ मा सञ्चालनमा रहेको विवेक फिड्स इन्डष्ट्रिज प्रालिमा आगलागी भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीले शुक्रवार दिउसाे १ बजेको समयमा पानी उमाल्ने मेसिनबाट आगो सल्किएको बताएको छ। उद्योगमा लागेको आगोले मेसिनहरू, दाउरा लगायतका समान जलेका छन्। धनगढी उपमहानगरपालिका–३ का विवेक भट्टको १७ लाख रुपैयाँको आगलागीबाट क्षति भएको छ। प्रहरीले मानवीय क्षति भने नभएको बताएको छ। धनगढी उपमहानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।


