सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजावादीको प्रदर्श हिंसात्मक बन्यो

२०८१ चैत्र १५, ०३:४५ खबर संवाददाता

काठमाडौँः  राजावादीको प्रदर्शन हिंसात्मक बनेको छ। शुक्रवार राजधानीको तिनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेको हो।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको छ। 

राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास प्रहार गरेको थियो। स्थिति नियन्त्रणमा नआएपछि रबरका गोली तथा गोली समेत प्रहार भएको छ। 

प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्। घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ। 

यस्तै झडपमा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन्। नेपाल प्रहरीतर्फ पनि केही घाइते भएको बताइएको छ। सुरक्षाकर्मीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। 

प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन्। यसैगरी घरहरुमा तोडफोड भएको छ भने एक घरमा आगलागी भएको छ। आगलागीको कारण खुलेको छैन। 

नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो। प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि हिंसात्मक बन्न पुगेको हो। घटना हिंसात्मक बनेसँगै प्रदर्शनकारी तितरबितर बनेका छन् भने तिनकुनेमै शीर्ष नेताहरुले सम्बोधन गर्न तय भएको कार्यक्रम पनि बिथोलिएको छ। अहिले पनि तिनकुने क्षेत्रमा तनाव जारी नै छ।
 

कमेन्ट लोड गर्नुस