रुसमाथि अमेरिकी प्रतिबन्ध हटाउने समय नभएको युरोपेली देशको निष्कर्ष

एजेन्सीः फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रूसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष निकालेको छ।
युक्रेनसँगको युद्ध नरोकुञ्जेल अमेरिकाले रुसको प्रतिबन्ध हटाउनुभन्दा बरु बढाउनु पर्नेमा युरोपेली नेताको जोड रहेको बीबीसीले जनाएको छ। सम्मेलनमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले अहिले रुसमाथिको प्रतिबन्धहरू हटाउने समय नभएकोले अमेरिकी पहलमा थप दबाब दिएर रूसलाई युद्ध विराम सम्झौताका लागि निर्णायक वार्ता गर्न बाध्य बनाउनुपर्ने बताए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रूसले कुनै पनि किसिमको शान्ति नचाहने भएकाले उसलाई दबाबको आवश्यकता रहेको प्रतिक्रिया दिइरहनुभएको छ । यसैबीच जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसको प्रतिबन्ध तत्काल हटाउनु गम्भीर गल्ती हुने र शान्ति नआउञ्जेल कुनै अर्थ नहुने बताए।


